३० जेठ २०८३, शनिबार

भारतको प्रस्ताव : चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यासलाइन

कात्तिक २०, २०७४
भारतको प्रस्ताव : चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यासलाइन
काठमाडौँ, ८ भदौ - भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ । बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेका हुन् ।pipeline

राज्यमन्त्री प्रधानले नेपालको प्रस्तावअनुसार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्तै, भारतले गोरखपुरसम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गरिसकेको जानकारी दिँदै उनले त्यसलाई नेपालले चाहे सुनौलीसम्म विस्तार गरिने बताए । आगामी अक्टोबरमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने उनले बताए । यसका लागि समय मिलाउन उनले प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरे, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्