०४ असार २०८३, बिहीबार

तीजको दिन यसरी घरमै गर्नुहोस् भगवान शिवको पूजा

कात्तिक २०, २०७४
तीजको दिन यसरी घरमै गर्नुहोस् भगवान शिवको पूजा

हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

तीजमा पूजा गर्न आवश्यक पर्ने सामग्री

१ विशेष प्रकारका फुलबाट सजिएको माला
२ भिजेको कालो माटो अथवा बालुवा रेत
३ केराको पात
४ सबै प्रकारका फल एवम् फूलका पातहरु
५ बेलपत्र, शमी पत्र, धतूराको फल एवम् फूल, अकावको फूल, तुलसी, मञ्जरी
७ जनै, धागो था सेतो वस्त्र,
८ माता गौरी (पार्वती)का लागि चुरा, काँजल, बिन्दी, कुमकुम, सिन्दुर, कांगियो, मेहन्दी, ऐना आदि
९ ध्यु, तेल, दीप, कपुर, अबीर, चन्दन, श्री फल, कलश
१० पञ्चअमृत– ध्यु, दही, चिनी, दुध, मह

हरितालिका तीजमा पूजा गर्ने विधि
हरितालिका तीजको पूजा सन्ध्याकाल (दिन रात मिल्ने समय) मा गरिन्छ । हरितालिकाको पूजाका लागि कालो माटो तथा बालुवा रेतबाट शिव, पार्वती तथा भगवान गणेशको मूर्ति बनाउनुहोस् । मूर्तिमा विशेष प्रकारका फूलबाट बनाइएको माला चढाउनुहोस् ।

तीनवटै मूर्तिलाई केलाको पातमा राख्नुहोस् । त्यसपछि कलश बनाउनुहोस् । त्यसमा श्रीफल र एक दीप जलाएर राख्नुहोस् । कलशको मुखमा रातो धागो कलशको घाँटीमा बाँध्नुहोस् । कलशमा अक्षता पनि चढाउनुहोस्, विधिपूर्वक कलशको पूजा गर्नुहोस् ।

कलश पछि गणेशको पूजा गर्नुहोस् । त्यसपछि भगवान शिवको पूजा गर्नुहोस् । त्यसपछि माता गौरी (पार्वती)को पूजा गर्नुहोस् । त्यसपछि हरितालिका तीजको कथा पढ्नुहोस् । पूजा गर्ने स्थानमा भएका अन्य व्यक्तिले पनि तीजको कथा पढ्दा हुन्छ ।

त्यसपछि सबैले मिलेर आरती गर्नुहोस् । सर्वप्रथम गणेशको, त्यसपछि शिव र पार्वतीको आरती गर्नुहोस् । पूजापछि भगवानको परिक्रमा पनि गर्नुहोस् ।

माता गौरी (पार्वती)को पूजा राति पनि गर्ने गरिन्छ । रात्रीको पूजामा पार्वतीलाई सिन्दुर लगायत विवाहका सामग्री चढाउने गरिन्छ ।

पूजा सकिएपछि सबै सामग्रीलाई पवित्र नदी तथा कुण्डामा गएर बिसर्जन गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्