उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई चेतावनी दिनका लागि शनिवार अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको दाबी गरेको छ ।
यसबाट आफूले घातक आणविक आक्रमण गर्ने क्षमता हासिल गरेको उसको भनाइ छ ।
ह्वासोङ–१५ नामक उक्त क्षेप्यास्त्र जापानको पश्चिमी तट नजिक खसेको थियो । अमेरिका र दक्षिाण् कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यासअघि उत्तरले कठोर सन्देश दिन खोजेको हो ।
शनिवारको क्षेप्यास्त्र प्रक्षेपण जनवरी १ पछिको पहिलो हो ।
North Korea has fired an intercontinental ballistic missile, claiming to demonstrate its nuclear counterattack capabilities as a warning to the US and South Korea ⤵️
— Al Jazeera English (@AJEnglish) February 19, 2023
🔗: https://t.co/RjDdgXbKnU pic.twitter.com/3AeNd6bHjf