०५ असार २०८३, शुक्रबार

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : ओली

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ :  ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन् ।
 
   नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए ।
 
  पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यकपर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राखे ।
 
 महासङ्घका संयोजक पर्शुराम बस्नेत र प्रभातविक्रम कटवालले खेलाडीलाई  खेलबाट बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न प्रतिबद्धता व्यक्त गरे ।
 
 राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेल सङ्घ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी पाँच सय ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्