
काठमाडौं, ८ भदौ - गृहमन्त्री जनार्दन शर्माले १३ सह सचिव र ३१ जना उप सचिवको सरुवा गरेका छन् । शर्माले चक्रबहादुर बुढालाई मकवानपुरको सिडियो बनाएका छन् । आशमान तामाङ सिन्धुपाल्चोकको सिडिओ बनेका छन् भने सिताराम कार्की सुर्खेतको सिडिओ बनेका छन् । नारायण प्रसाद भट्टराई बर्दियाको सिडिओ बनेका छन् भने महादेब पन्थ ललितपुरको सिडिओ बनेका छन् ।
बिष्णु पोखरेल इलामको सिडिओ बनेका छन् । विष्णु बहादुर थापा बागलुङ, चन्द्रमान श्रेष्ठ उदयपुरको सिडिओ बनेका छन् । हरिशरण पुडासैनी गहृको व्यवस्थापनम नहाशाखाको प्रमुख, जनकराज दाहाललाई इलाम सिडियोबाट गृहमना तानिएका छन् । मदन भुजेल कविपलबस्तुको सिडिओ बनेका छन् ।
कपिलबस्तुका सिडिओ विष्णु प्र ढकाल प्रहरी किताबखनाको डिजीको रुपमा सरुवा भएका छन् । नारायण प्रसाद दुवाडीलाई मकवानपुरबाट गृहमा तानिएको छ । उपसचिवबाट विष्णु पौडेल जुम्लाको सिडिओ, दिलीप लामिछाने रामेछापको सिडिओ विश्वराज न्यौपाने दैलेखको सिडियो, बद्रीनाथ गैरै कालिकोटको सिडिओ बनेका छन् ।
श्याम कुरमार सिह काठमाडौं को सहायक प्रजिअ, अरुण पोखरेल पर्साको सहायक प्रमख अधिकारी, जयप्रसाद घिमिरे भक्तपुरको सप्रजिअ, सिद्धराज जोशी बैतडीको प्रजिअ, चेतराज बराल भोजपुरको प्रजिअ, लक्ष्मीदेबी हुमागाईं पाँचथरको सिडियो, हरि पन्त मनाङको सिडिओ, पुष्पराज शाही प्रजिअ जाजरकोट, एकदेब अधिकारी खोटाङ, काठमाडौंको सहायक बासुदेब घिमिरे, किशोर चौधरी अछामको सिडियो, गंगाबहादुर क्षेत्री कास्कीको सहायक सिडियो बनेका छन् ।
शंकरबहादुर विष्ट डोटीको सहायक सिडिओ, कृष्ण चन्द्र पौडेल सहयक प्रजिअ सर्लाही र प्रल्हाद पोखरेल सिन्धुपाल्चोकको सहायक सिडिओ बनेका छन् ।