१६ असार २०८३, मंगलबार

आजको मौसम : तराईमा हुस्सु कुहिरो जारी रहने

आजको मौसम : तराईमा हुस्सु कुहिरो जारी रहने

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी भूभागमा आंशिक बदली रहने र तराईका केही भूभागमा हुस्सु कुहिरो लाग्नेक्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपात पनि हुनेछ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, आज राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।

त्यस्तै, भोलि मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली कायमै रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागको भनाइ छ । 

यसैबीच, फागुन १० गते बुधबार पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात हुनेछ । विभागका अनुसार तराईमा केही स्थानमा विहानीको समयमा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहेकाले तराईमा साँझ र विहान चिसो कायमै रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्