
लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । पीएसजीको जीतमा लियोनेल मेस्सीले निर्णायक गरे । उनले फ्रि किकमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा मेस्सीले गोल गरेका हुन् । यसअघि एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।
तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा पुर्याउँदा ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।
तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले आफ्नो पक्षमा खेल बनाएर ३ अंक जोड्न सक्यो ।