०६ साउन २०८३, बुधबार

नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, आजदेखि कृत्रिम अक्सिजन हटाइने

नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, आजदेखि कृत्रिम अक्सिजन हटाइने

भान्सामा रहेको सिलिण्डरबाट खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन आज सोमबारदेखि हटाउने तयारी गरिएको उनका आफन्तले जनाएका छन् । 

भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत् खाना खुवाउन शुरु गरिएको छ । उपचारको नेतृत्व गरिरहेका डा. मुकेश मिश्राले सोमबारदेखि भण्डारीलाई प्राकृतिक रुपमा नै श्वासप्रश्वासको ट्रायलमा लैजाने बताएको उपचारका लागि मुम्बइमा रहेका उनका आफन्तले बताएका छन् ।  

यसअघि शतप्रतिशत कृत्रिम अक्सिजको सहारामा रहेको भण्डारी आइतबारदेखि कृत्रिम अक्सिजनको मात्रा घटाउँदै लगिएको थियो। कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिए पनि सोमबारदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्न लागिएको चिकित्सकको भनाइ छ ।  

आइतबार उनको छातिको फिजियो थेरापी गरिएको थियो। शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्यमा आएको छ । भण्डारीको अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन थालेको पनि चिकित्सकको भनाइ छ ।  

salt training

कमेन्ट गर्नुहोस्