०२ असार २०८३, मंगलबार

कालो चिया पिउनुका फाइदा यी हुन्

कात्तिक २०, २०७४
कालो चिया पिउनुका फाइदा यी हुन्

काठमाडौं— धेरैजसोलाई दूधचिया पिउन मजा लाग्छ तर कालो चियामा बढी लाभदायक तत्त्व हुन्छन् । कालो चिया पिउँदा शरीरमा स्फुर्ति त प्राप्त हुन्छ नै, रोगहरू पनि निको हुन्छन् ।


तौल घटाउन

मोटोपन अहिलेको ठूलो समस्या हो । तपाईंमा पनि यो समस्या छ भने आहारमा कालो चिया समावेश गर्नुस् । दिनदिनै कालोचिया पिउँदा शरीरमा जमेको अतिरिक्त बोसो कम हुन्छ र तौल पनि घट्छ ।

मुटुलाई फाइदा
कालो चिया पिउँदा शरीरमा कोलेस्ट्रोल स्तर सन्तुलित रहन्छ । रक्तप्रवाह पनि तेज हुन्छ अनि मुटु स्वस्थ रहन्छ । मुटुरोगीले दिनदिनै कालो चिया पिएको राम्रो हुन्छ ।

क्यान्सर
दिनदिनै कालो चिया पिउँदा क्यान्सरजस्तो खतरनाक रोग पनि लाग्दैन ।

तनाव
व्यस्त जीवनशैलीले तनाव ल्याउँछ र अनेकौं रोग निम्त्याउँछ । यस्तो अवस्थामा आफ्नो आहारमा कालो चिया समावेश गर्दा चिन्ताको स्तर घट्छ । कालो चिया पिउँदा स्मरणशक्ति पनि बढ्छ र दिमाग तीखो हुन्छ ।

ऊर्जा
दिनभरि काम गर्दा थकाइ लाग्छ । बेलुका कालो चिया पिउँदा शरीरमा स्फुर्ति आउँछ ।

छाला
दिनदिनै कालो चिया पिउँदा छालाका समस्या समाधान हुन्छन् । समयअगावै चाउरी पर्ने र छाला संक्रमण हुने समस्या आउँदैन ।

पाचनशक्ति
गलत खानपिनका कारण पाचनशक्ति कमजोर हुन्छ । यसकारण ग्यास र कब्जियतजस्ता समस्या हुन्छन् । कालो चिया पिउँदा पाचनशक्ति बलियो हुन्छ र पेट पनि स्वस्थ रहन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्