१० असार २०८३, बुधबार

चितवनमा ५३ किलो गाँजासहित २ जना पक्राउ

चितवनमा ५३ किलो गाँजासहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

पूर्वी चितवनबाट ५३ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र १ जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्