
राष्ट्रपति निर्वाचनका लागि काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।
कार्यालय उद्घाटन गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए । निर्वाचनको मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जनाइएको छ ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन १३ गते गर्नुपर्ने कार्यतालिका छ ।
