०५ साउन २०८३, मंगलबार

टर्कीमा भूकम्पको १२ दिनपछि उद्धार गरियो एक जोडीलाई, सबै सन्तानको मृत्यु (भिडियो)

फागुन ८, २०७९
टर्कीमा भूकम्पको १२ दिनपछि उद्धार गरियो एक जोडीलाई, सबै सन्तानको मृत्यु (भिडियो)
Getty

टर्की (टुर्किये) मा भूकम्प गएको १२ दिनपछि पतिपत्नीको एक जोडीलाई उद्धार गरिएको छ । 

भवनको भग्नावशेषमा उनीहरू २९६ घन्टा पुरिएका थिए । 

किर्गिजस्तानबाट गएको एक खोजी टोलीले समिर मुहम्मद अक्कर र उनकी पत्नी रागदालाई अन्टाक्या शहरको भवनबाट उद्धार गरेका हुन् । उनका १२ वर्षीय छोरालाई पनि निकालिएको आनाडोलु समाचार संस्थाले खबर दिएको छ । 

उनीहरूलाई सथनीय समयअनुसार शनिवार बिहान साढे ११ बजे उद्धार गरी एम्बुलेन्समा राखिएको थियो । 

उद्धार टोलीले दुई मृत बालकको शरीर फेला पारेको थियो । उनीहरू समिर र राग्दाकै सन्तान थिए । 

उद्धार गरिएका बालकको पनि पछि अस्पतालमा मृत्यु भएको थियो । शरीरमा पानीको अभावका कारण ती बालकको मृत्यु भएको हो । 

पछि समिरले आफू कसरी भूकम्पमा बाँचेको भनी विवरण सुनाए । आफ्नै पिसाब पिएर बाँचेको उनको भनाइ छ । 

छोराछोरीको आवाज दुई वा तीन दिन सुनेको तर त्यसपछि कुनै आवाज नआएको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्