०७ असार २०८३, आइतबार

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

फागुन ८, २०७९
रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा जर्मनीले १०० अर्ब युरोभन्दा बढीको क्षति बेहोर्नुपरेको छ ।

जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च नामक संस्थाका अध्यक्ष मार्सल फ्राटशरले विद्युतको मूल्य बढेकाले यो घाटा भएको बताए । 

‘युक्रेन युद्ध र त्यसपछि ऊर्जाको मूल्यमा भएको भयानक वृद्धिले जर्मनीलाई सन् २०२२ मा लगभग १०० अर्ब युरोको घाटा लाग्यो,’ फ्राटशरले राइनिस पोस्ट पत्रिकालाई बताए । आगमी वर्षमा यी क्षतिहरू झनै बढ्ने उनको भनाइ छ । 

रुसी ऊर्जामा बढी निर्भर रहेकाले जर्मनीले धेर क्षति बेहोर्नुपरेको उनको भनाइ छ । जर्मनीसँग ऊर्जा आवश्यक हुने उद्योग छ र ऊ आयात तथा विश्वव्यापी आपूर्ति शृंखलामा अत्यधिक निर्भर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्