१६ असार २०८३, मंगलबार

मकवानपुर गोल्डकप : एभिनियर एफसीलाई हराउँदै  हिमालयन शेर्पा फाइनलमा प्रवेश

मकवानपुर गोल्डकप : एभिनियर एफसीलाई हराउँदै  हिमालयन शेर्पा फाइनलमा प्रवेश

हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ पिप्लेस्थित क्याम्पा रंगशालामा सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनि क्लब एभिनियर एफसीलाई १–० को गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पाले फाइनल खेलका लागि सिट सुरक्षित गरेको हो । 

निकै प्रतिस्पत्र्धामक खेलको पहिलो हाफमा दुवै टीमले समान अवसरहरू प्राप्त गरेपनि दुवै टीमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा शेर्पाको लागि सुनिल श्रेष्ठले ५२औं मिनेटमा टीमका लागि पहिलो गोल गरे ।

खेलको निर्धारित समयमा एभिनियर एफसीेले कमब्याक गर्न सकेन भने सुनिल श्रेष्ठले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । जीतसँगै हिमालयन शेर्पाले फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्ने भएको छ ।

मनाङले सोमवार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ को गोलअन्तरले पराजित गर्दै फाइनल खेलका लागि आफ्नो सिट सुरक्षित गरेको थियो । सोमवारको खेलमा हिमालयन शेर्पाका सुनिल श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

श्रेष्ठले नगद १० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्