×

NIC ASIA

काठमाडौँ विश्वविद्यालयमा आईएसओ ‘वाइल्डिङ सर्टिफिकेसन’ परीक्षा सुरु

फागुन ८, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौँ विश्वविद्यालय (केयु) मा वाईल्डिङ सम्बन्धी आईएसओ सर्टिफिकेसन परीक्षा सुरु भएको छ । परीक्षा केयुको टेक्निकल टे«निक सेन्टर (टिटिसी) मा सोमबारदेखि सुरु भएको हो । केयु र दक्षिण कोरियाको नेपालस्थित क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरले केयुमा आईएसओ सर्टिफाईट परीक्षा तथा तालिम सेन्टर सञ्चालन गरेको थियो । 

Muktinath Bank

परीक्षामा नेपालको विभिन्न ठाउँमा रहेर वाईल्डिङको क्षेत्रमा काम गर्दै आएका ७१ जना परीक्षार्थी सहभागी रहेको क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका आईएसओ सर्टिफिकेसन परीक्षा संयोजक गणेशमान लामाले जानकारी दिए ।  परीक्षामा सहभागि हुनुअघि उनीहरुले कोरियन प्रशिक्षकबाट तालिम लिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्न वाईल्डिङ तालिमले मद्दत गर्ने संयोजक लामाले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मंगलबार र बुधबार प्रयोगात्मक परीक्षा हुनेछ । परीक्षामा उत्तिर्ण भएपछि विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्नेछन् । परीक्षाको नजिता दक्षिण कोरियामा रहेको दक्षिण एशिया हेर्ने वाईल्डिङ आईएसओको मुख्यालय (आईक्यूसीएस) ले प्रकाशन गर्नेछ । परीक्षाका लागि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालय (आईक्यूसीएस) का प्रमुख क्वाङ आमको नेतृत्वमा ४ सदस्यीय टोली नेपाल आएको छ ।  


Advertisment
Nabil box
Kumari

परीक्षा सञ्चालन गर्नुअघि दक्षिण एशिया वाईल्डिङ आईएसओ मुख्यालयका प्रमुख क्वाङ आमको टोलीले केयुका उपकुलपति प्रा. डा. भोला थापासँग भेटघाट गरेको थियो । केयुका भेटमा उपकुलपति प्रा.डा थापाले परीक्षालाई गुणस्तरीय र मर्यादित ढंगले सञ्चालन गर्न आग्रह गरे । 

Vianet communication

केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले दक्ष जनशक्ति उत्पादन गर्ने केयुको उद्देश्य पुरा गर्न आईएसओ सर्टिफिकेसन परीक्षा तथा तालिम सेन्टरले थप मद्दत पुग्ने बताए । 
वाईल्डिङ आईएसओ सर्टिफाई परीक्षाको तयारी तालिममा २० देखि ५० वर्ष उमेर समूहका ब्यक्ति सहभागि हुन पाउनेछन् । आईएसओ सर्टिफिकेट लिनका लागि अनुभव नभएकाले कम्तीमा ६ महिनासम्म वल्डिङको तालिम लिनु पर्नेछ ।

क्वाङ एम स्किल डेभलमेन्ट सेन्टरका अध्यक्ष पुर्णलाल श्रेष्ठले प्रत्येक महिना आईएसओको परीक्षा सञ्चालन गरिने बताए ।  प्रत्येक महिना ५० देखि १ सय जनासम्मलाई तालिम दिन सकिने बताइएको छ । आईएसओको सर्टिफिकेसन परीक्षा प्रत्यक्ष महिना सञ्चालन गरिनेछ । निकट भविष्यमा केयर गिभर, कन्ट्रक्सन, ब्यूटिसियन लगायतको समेत आइएसओ सर्टिफिकेसन तालिम तथा परीक्षा सञ्चालन गरिने बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x