२३ असार २०८३, मंगलबार

महोत्सवमा भेटिन्छ किबीको तीनपानेदेखि दारको ठेकीसम्म

महोत्सवमा भेटिन्छ किबीको तीनपानेदेखि दारको ठेकीसम्म

कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ सञ्चालनमा छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागिता छ ।

फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्बपश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सय वटा स्टलहरु राखिएका छन् । जसमा नेपालमा उत्पादित कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाइएका बिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । 

ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार  रूखको काठबाट बनाइन्छ । 

त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारहरु समेत राखिएको छ । सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टाछुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । 

पूर्बी पहाडमा उत्पादित कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताए । उनले भने – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएका व्यवसायीहरुले समेत आफ्ना उत्पादनसहितका वस्तुको प्रदर्शनी र व्यापार गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्