०७ असार २०८३, आइतबार

ल्होसार पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिको विश्वास

ल्होसार पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदायका महान पर्व ग्याल्पो ल्होसार २०७९ ले नेपालीबीच आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सभाउ गर्ने विश्वास व्यक्त गरेकी छन् ।

ल्होसार पर्वको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले सो विश्वास व्यक्त गरेकी हुन् । उनले शुभकामना सन्देशमा भनेकी छन्, “शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” 

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाउने प्रचलन रहेको उनले चर्चा गरेकी छन् । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाई गर्ने, घरको छतलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको उनको भनाइ छ । 

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने मैले विश्वास लिएको छु” शुभकामना सन्देशमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्