
सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणी भूभागमा सोमबार राति पुनः भूकम्प गएको छ । भुकम्पमा परी तीन जनाको ज्यान गएको छ । ६.४ म्याग्निच्युडको भूकम्प गएको सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झड्काले सिरिया आसपास क्षेत्रमा पनि असर पुगेको बताइएको छ । टर्की र सिरियामा गरी करिब ६ सयभन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केही समय अघि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको थियो । सो भुकम्पमा परी अहिलेसम्म ४४ हजारभन्दा धेरैको मृत्यु भएको बताइएको छ । अझै खोजी कार्य जारी रहेको छ । उद्धार र राहतको काम नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ बताइएको छ । स्थानीय त्रसित बनेका छन् । भूकम्पले टर्कीको भौतिक संरचनामा ठूलो क्षति गरेको छ । भूकम्पमा परेकाहरुको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।