०९ असार २०८३, मंगलबार

फागुन १२ देखि बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

फागुन १२ देखि बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १२ गतेदेखि १४ गतेसम्म श्रीकृष्ण माविको खेलमैदानमा हुनेभएको छ ।  खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए ।   

यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । हाल जिल्लाका विभिन्न स्थानीय तहमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा छन् । पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए । 

स्थानीय तहहरूमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन् । विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्