०१ असार २०८३, सोमबार
आईसीसी विश्वकप क्रिकेट लिग टु

स्कटल्यान्डको आक्रामक शुरूआतमा सन्दीपको ब्रेक, २ ओभरमा लिए ३ विकेट

स्कटल्यान्डको आक्रामक शुरूआतमा सन्दीपको ब्रेक, २ ओभरमा लिए ३ विकेट
फाइल फोटो

आईसीसी क्रिकेट वर्ल्डकप 'लीग टु'अन्तर्गत स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा सन्दीप लामिछानेले २ ओभरमा ३ विकेट हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १४औं ओभरको अन्तिम २ बलमा लगातार विकेट लिएका छन् ।

यसअघि सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै १ विकेट हात पारेका थिए । यसअघिका ३ खेलमा सन्दीपले ३-३ विकेट हात पारिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म स्कटल्यान्डले १५ ओभरमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्