११ असार २०८३, बिहीबार

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले सो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने काम तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । भेटमा प्रधानमन्त्रीले भने, “वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।” 

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका –४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन् । लामो समयसम्म उनको रिहाइका लागि पहल नभएपछि उनको अभिभावक प्रधानमन्त्री प्रचण्डसँग आज भेटगरी पहल लिन आग्रह गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्