०९ असार २०८३, मंगलबार

इतिहासविद् गुरुङको चिन्ता - नातिनातिनाको लुगा देख्दा बुढाबुढीलाई लाज लाग्छ

इतिहासविद् गुरुङको चिन्ता - नातिनातिनाको लुगा देख्दा बुढाबुढीलाई लाज लाग्छ

संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। 

मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा उन नेपाली समाज विकृत रूपमा बढिरहेकाले समाजलाई सच्याएर बढाउनुपर्ने अवस्था रहेको बताए।

उनले नेपालीले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धनको आवश्यकता रहेको बताए।

संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए।

नेपालको राजनीतिक वर्गले नेपालीको दिमागको सदुपयोग गर्न नसकेको पनि गुङले बताए। नेपाली समाजमा छाडा संस्कृति हावी भइरहेकोमा दुःख जनाए। 

उनले भने,  भन्नुभयो, ‘अहिले नेपालमा नेपालीले मान्छेलाई चिनेका छैनन् । मान्छेको दिमागको सदुपयोग गर्न सकेका छैनन् । प्राध्यापक डाक्टर पीताम्बर शर्मा अहिले कीर्तिपुरतिर बस्नुहुन्छ, उहाँलाई योजना आयोगको उपाध्यक्ष बनाइयो तर माथिबाट दबाब आएका कारण म काम गर्न सक्दिनँ भनेर राजीनामा दिएर बस्नुभयो । मानिसको दिमाग कुहिएको छ, दिमागलाई नेपालका राजनीतिक वर्गले सदुपयोग गर्न सकेको छैन ।'

गुरुङले थपे, 'अहिले बुढाबुढी गाउँमा, छोराछोरी शहरमा बस्छन्, नातिनातिनी होस्टेलमा बस्छन् । तीन पुस्ताको भेट नै हुन पाउँदैन । अनि संस्कृतिको हस्तान्तरण कसरी गर्ने ? अहिले नातीनातिनीहरूले लगाएको लुगा देख्दा बुढाबुढीहरूलाई लाज हुन्छ । १२-१५ वर्षका केटीहरू हाफ पाइन्ट लगायो, त्यो पनि पट्याउँदै पट्याउँदै माथिसम्म ल्याउँछन्, अर्धनग्न अवस्थामा छन् ।'

विश्वका मानिसले नेपाली कसरी मिलेर बसेका रहेछन् त ? भनेर नेपाली समाज र संस्कृति हेर्न आए विकृति देख्ने उनले बताए।' हामीले आफ्नो पुरानो संस्कार छोडिसकेका छौँ । आपसी सद्भाव छोडिसक्यौँ । अहिले भारतको अन्न ल्याएर खान्छौँ, पहिला नेपालमा आउँथे,’ उनले भने।

सम्पूर्ण शास्त्र गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको उनको भनाइ थियो।

कालिञ्चोकलाई शक्तिकेन्द्रका रुपमा स्थापित गर्नुपर्ने उनले बताए।

कालिञ्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छोरोल्पा हिमालको प्रचारप्रसार गर्न सके मानवसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छोरोल्पा आउने उनको उनको बुझाइ थियो। 

salt training

कमेन्ट गर्नुहोस्