०५ साउन २०८३, मंगलबार

कप्तान रोहितको अर्धशतक पूरा, ८ विकेट गुम्यो नेपालको

कप्तान रोहितको अर्धशतक पूरा, ८ विकेट गुम्यो नेपालको

कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन्। 

स्कटल्यान्डले दिएको २१३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा रोहितले रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्। 

यो अर्धशतक रोहितको ओडीआई करिअरको सातौं हो। 

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल स्कटल्याण्डविरुद्ध ब्याटिङमा छ। यो समाचार तयार पार्दासम्म नेपाल ३१ ओभर पूरा गर्दा ८ विकेट गुमाइसकेको छ। नेपालले १३९ रन बनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्