०५ साउन २०८३, मंगलबार

फागुन २० गते प्रधानमन्त्री कतार जाँदै

फागुन १०, २०७९
फागुन २० गते प्रधानमन्त्री कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गरेका छन् । उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनाएका छन् । 

दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिए । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ । 

गत पुस १० गते तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघिसम्म प्रधानमन्त्रीमा नियुक्त भएपछि छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली राजनीतिमा परम्पराझैं भएको थियो । प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन् । 

salt training

कमेन्ट गर्नुहोस्