०३ असार २०८३, बुधबार

देउवाले बोल्न नसक्दा सुष्माले पिलाइन पानी !

कात्तिक २०, २०७४
देउवाले बोल्न नसक्दा सुष्माले पिलाइन पानी !

नयाँ दिल्ली ८ भदौ–  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएको दोस्रो दिन, बिहीवार । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन चलिरहेको थियो । देउवाले सम्वोधन गरिरहेका थिए ।

सम्वोधनका क्रममा देउवालाई पटक पटक खोकी लाग्यो । एक पटक देउवाको गला नै अबरुद्ध जस्तो बन्यो । उनी बोल्न सकेनन् । देउवालाई बोल्न अप्ठेरो भएको महसुश भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मोदी र देउवाको बीचमा रहेको पानीको जगबाट गिलासमा पानी सारेर देउवालाई दिइन् । सुस्मा उठेपछि पानीको भाँडोको बिर्को मोदीले खोलिदिए ।

देउवाले एक घुटकी पानी पिउँदै स्वराजलाई ‘थ्याङ्क यू’ भने । देउवाले सरी मेरो घाटीमा समस्या छ भने । पानी पिएपछि देउवाको गिलास सुष्माले लिन खोज्दै थिइन, भारतस्थित्  नेपाली दूतावासकी प्रथम सचिव सृजना अधिकारीले समातिहालिन् ।

salt training

कमेन्ट गर्नुहोस्