
निर्माणाधिन सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्डको दोभान–चिडियाखोला खण्ड शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
फागुन १३ गते शनिबार दिउँसो र रातिको समय गरी दैनिक ८ घण्टा सडक अवरुद्ध गर्ने समितिले जनाएको छ । चार घण्टा दिउँसो र चार घण्टा राति गरी दैनिक आठ घण्टा सडक निर्माणको काम हुने समितिले जनाएको छ ।