०८ साउन २०८३, शुक्रबार
राजनीति

ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवासमा

फागुन १०, २०७९
ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवासमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर सो दलका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । राष्ट्रपतिमा सहयोग गर्न मागसहित छलफल गर्न नेताहरु धुम्बाराहीस्थित रहेको सभापति देउवा निवास पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिएसँगै राजनीतिक दलका नेताहरुको भेटघाट र छलफल बाक्लिएको छ । लोसपका नेताहरु हिजो मंगलबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । त्यस्तै, हिजो नै सो दलका नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए । आज हुने छलफलमा पनि सोही विषयमा छलफल गर्न नेताहरु सभापति देउवा निवास पुगेका हुन् ।  

‘सहमतीय राष्ट्रपतिका लागि महन्थ ठाकुर उपयुक्त पात्र भएको भन्दै सो दलका नेताहरुले सहमतिको प्रयासमा आफूहरु सक्रिय भएको बताएका छन् । सभापति देउवालाई भेट्न सो दलका नेताहरु ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायतका नेता सभापति देउवा निवास पुगेको सो दलका नेता अनिल झाले जानकारी दिए । विहान ९ः३० बजे छलफलको समय तय भए पनि छलफल शुरु नभएको उनले बताए । "म सभापति देउवा निवासमा भर्खर पुगें, अरु नेताहरु आउँदै हुनुहुन्छ, सम्भवतः १० बजेतिर छलफल शुरु होला" उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्