काठमाडौं, ८ भदौ– बिहीवार अपराह्न ४ बजेर ८ मिनेटमा नेपाल–चीन सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पर्ने नेपाल र चीनको सीमा क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न ठाउँमा महशुष भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।