०५ साउन २०८३, मंगलबार
राष्ट्रपति निर्वाचन

प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगे ओली, एक्लाएक्लै वार्ता जारी

फागुन १०, २०७९
प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगे ओली, एक्लाएक्लै वार्ता जारी

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेरअघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल जारी छ । 

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै नेताहरुको राजनीतिक दौडधुप र भेटघाट तिव्र बनेको छ । अध्यक्ष ओली राष्ट्रपति निर्वाचनकै विषयमा छलफल गर्न बालुवाटार पुगेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दुई नेताबीच यसअघि पनि राष्ट्रपतिको विषयलाई लिएर पटक पटक छलफल भएको छ । 

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति विषयमा निर्णय गर्ने अख्तियारी अध्यक्ष प्रचण्डलाई दिएपछि एमाले अध्यक्ष ओली आज छलफल गर्न बालुवाटार पुगेका हुन् । बैठकमा अरु नेताहरुको सहभागिता नरहेकाले आजको बैठकले केही निर्णय गर्न सक्ने बुझाई नेताहरुको छ । माओवादी केन्द्रले सहमतीका आधारमा साझा व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने अडान राखेको छ । 

यता सत्ता साझेदार दल एमालेले गत पुस १० गते भएको सहमतिअनुसार एमालेले दिने उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान यथावत राखेको छ । पछिल्लो समय एमालेको दोस्रो तहका नेताहरुले साझा व्यक्तिलाई उम्मेदवार दिएर भएपनि वर्तमान गठबन्धन जोगाउनुपर्ने सुझाव दिन थालेका छन् । यसबीचमा अध्यक्ष ओली दवावमा परेका छन् । केहीदिन अघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतासँगको छलफलमा अध्यक्ष ओलीले नेता माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्न सक्ने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्