२३ जेठ २०८३, शनिबार

ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

कात्तिक २०, २०७४
ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

वासिङटन, ८ भदौ - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबार दिएको जानकारीअनुसार उहाहरुका बीचमा ह्वाइट हाउस मै भेटबार्ता गर्ने कार्यक्रम तय भएको हो ।

आउदो सेक्टेम्बर १२ तारिखका दिन हुने भेटवार्तामा उहाँहरुले दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्नुहुने ह्वाइट हाउसले जनाएको छ ।

साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उहाँहरुले गम्भीरतापूर्बक छलफल गर्नुहुने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्