१४ असार २०८३, आइतबार

शिवरात्रिका दिन नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता किशोर मृत फेला

फागुन ११, २०७९
शिवरात्रिका दिन नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर आज मृत फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए ।

उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा आज शव फेला परेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्