१६ असार २०८३, मंगलबार

भन्सार नाकामा रहेका सवारी साधन छुटाउन नाडाको माग

फागुन १२, २०७९
भन्सार नाकामा रहेका सवारी साधन छुटाउन नाडाको माग

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि भन्सार नाकामा थन्किएर रहेका सवारी साधन छुटाउन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग आग्रह गरेको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले सो माग गरेको हो । भन्सार विभागका महानिर्देशक बुढासँग भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारी साधनहरु छुटाउने सम्बन्धमा सहज निकासका लागि आग्रह गरेको अध्यक्ष थापाले बताए ।

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि आयात प्रतिवन्ध लगाउनु अघिदेखि नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन आग्रह गरेको बताए ।

सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै उनले सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पार्नु पारे ।  

सो क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यानजस्ता सवारी साधनहरुको बजार वार्षिक सत्र हठार हजार रहेकोमा अहिले त्यो घटेर सात आठ हजारमा झरेको बताउनु भयो । कूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत उनले बताए । 

छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गरे । 

छलफलमा विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकामा रहेका सवारी तथा ढुवानीका साधनको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भइसकेको जानकारी दिए । नेपालका भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पाँगे्र तथा तीन पाँग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाउन आग्रह गरे । त्यसमा आवश्यक पहल लिने प्रतिवद्धता जनाएको नाडाका सचिव विक्रम सिंहानियाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्