काठमाडौं, ९ भदौ— रियल म्याड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गत सिजनमा ला लिगा र च्याम्पिसन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनी सन् २०१६—१७ को युएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।
अन्तिम ३ मा रोनाल्डोसँगै अर्का स्टार बार्सिलोनाका लियोनल मेसी तथा युभेन्सका जियान लुइजी बुफोन छनौट भएका थिए । तर, बुफोन र मेसीलाई पछि मात्रै रोनाल्डो उत्कृष्ट खेलाडी बनेका हुन् ।
रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी बनेको यो तेस्रो पटक हो । मेसीले यो उपाधि दुई पटक जितेका छन् ।
यसैबीच महिलातर्फत बार्सिलोनाकी लिके मार्टिस उत्कृष्ट खेलाडी घोषित भइन् ।