२३ असार २०८३, मंगलबार

आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन हुने

फागुन १२, २०७९
आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन हुने

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दैछ । मतदाता नामावलीमा समावेश भएका नाममा दावी विरोध, उजुरी र छानविनको काम सकिएकाले आज अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार १३ गते उमेदवारी दर्ता हुँदैछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । त्यसकालागि दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिसक्ने तयारी आयोगले गरेको उनले बताए । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता रहेका छन् । कैलालीको निर्वाचन क्षेत्र –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । त्यसबारे निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्