०५ साउन २०८३, मंगलबार

ह्वाइट हाउसकी प्रेस सचिवले बाइडनलाई ओबामा भनेपछि... (भिडियो)

फागुन १२, २०७९
ह्वाइट हाउसकी प्रेस सचिवले बाइडनलाई ओबामा भनेपछि... (भिडियो)
Reuters

अमेरिकाको ह्वाइट हाउसकी प्रेस सचिव कारिन जीन–पिएरले झुक्केर राष्ट्रपति जो बाइडनलाई राष्ट्रपति ओबामा भनेकी छन् । 

पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कारिनको जिभ्रो चिप्लिएको हो । 

‘त्यसैले तपाईं सबैले एक घन्टाअघि देख्नुभयो, राष्ट्रपति ओबामाले घोषणा गर्नुभयो– माफ गर्नुहोला, राष्ट्रपति बाइडन,’ कारिनले बताइन् । उनले यसो भन्दा संवाददाताहरू आश्चर्य मानेर चिच्याएका थिए । 

‘ओहो, हँ हँ । यो त समाचार हो । मलाई थाहा छ, हामी अगाडि हैन पछाडि गइरहेका छौं । हामी अगाडि जानुपर्छ,’ उनले भनिन् । 

त्यसपछि उनले अजय बंगालाई विश्व बैंकको नेतृत्वका लागि राष्ट्रपतिका बाइडनले चयन गरेको घोषणा गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्