०५ साउन २०८३, मंगलबार
राष्ट्रपति चयनको सकस

ओली-प्रचण्ड वार्ता पौने १ घण्टादेखि जारी

फागुन १२, २०७९
ओली-प्रचण्ड वार्ता पौने १ घण्टादेखि जारी

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक भनिएको वार्ता झण्डै पौने घण्टादेखि जारी छ ।

कांग्रेस सहितका दलहरूसँग पुरानै गठबन्धन ब्युँताउन सहमति जनाएका प्रचण्डकै आह्वानमा छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । साढे ३ बजे यो समाचार तयार पार्दासम्म भेट जारी छ ।

प्रचण्डलाई भेट्न बालुवाटार जानुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले राष्ट्रपतिमा एमालेको उम्मेदवार हुने बताएका थिए ।

एमालेलाई उम्मेदवारी दिने भनी पुस १० मै सहमति भइसकेको दाबी एमाले नेताहरूले गर्दै आएका छन् ।

एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने भनी राष्ट्रिय सहमतिको अडान लिँदै आएका प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक बनेको चर्चा छ ।

वर्तमान सत्ता गठबन्धन धरापमा परेको आशंकाका बीच भएको यो भेटलाई महत्त्वका साथ हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्