
नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेससहितको ४ दलीय बैठकमा राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्रीले सघाउन सकारात्मक देखिएका बताएका छन्।
शुक्रबार संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरून् भन्ने अपेक्षा राखेको पनि बताए।
उहाँले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरू पनि सकारात्मक देखिएका उनले बताए।
आज साँझ बस्ने ४ दलीय बैठकले यसबारे निर्णय गर्ने उनले विश्वास दिलाए।
उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताए।
सांसद महतले संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए।