१७ असार २०८३, बुधबार

दिलिप महतो हत्या प्रकरण : विपिन र मुनिन्द्रलाई २५ तथा जितेन्द्रलाई १२ वर्ष कैद

फागुन १२, २०७९
दिलिप महतो हत्या प्रकरण : विपिन र मुनिन्द्रलाई २५ तथा जितेन्द्रलाई १२ वर्ष कैद

अवैध खोला उत्खननको विरोध गर्दा क्रसर सञ्चालकको समूहद्वारा हत्या गरिएका दिलिप महतोसम्बन्धी मुद्दामा तीनजना दोषीलाई धनुषा जिल्ला अदालतले कैद सजाय सुनाएको छ ।

धनुषाको मिथिला नगरपालिका- ५ श्रीपुरका २४ वर्षीय दिलिपको हत्यामा प्रमुख योजनाकार रहेका प्रतिवादीद्वय विपिन महतो र  मुनिन्द्र महतोलाई  २५/२५ वर्ष कैद तथा ५/५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

त्यसैगरी हत्याका मतियार रहेका जितेन्द्र महतोलाई १२ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ । 

धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्यामा कसूरवार ठहर गरिएकाहरूको कैद सजाय शुक्रवार निर्धारण गरेको हो ।

कसुरवार ठहर भएकाहरूले आफ्नो जायजेथाबाट क्षतिपूर्ति दिन नसकेको खण्डबाट पीडित परिवारलाई पीडित राहत कोषबाट समेत १२ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरिएको अदालतका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

उक्त मुद्दाका अन्य ४ जना प्रतिवादीहरूलाई भने सफाइ दिइएको छ । शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो र रोशनकुमार यादवले सफाइ पाएका हुन् ।

दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् भने जीतेन्द्र र मुनिन्द्र कामदार हुन् ।

२०७६ साल पुस २५ गते बिहानै घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा महतोको हत्या गरिएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्