०८ साउन २०८३, शुक्रबार

मुलुक बनाउन कर्मचारीले योगदान गर्नुपर्छ : मन्त्री चौधरी

फागुन १२, २०७९
मुलुक बनाउन कर्मचारीले योगदान गर्नुपर्छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मुलुक बनाउनेतर्फ कर्मचारीले योगदान दिनुपर्ने बताएकी छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन प्रदेश नं १ को ११औँ प्रदेश अधिवेशन–२०७९ को आज उद्घाटन गर्दै उनले विद्युत् निर्यात गरी व्यापार घाटा कम गर्न आवश्यक विद्युत् उत्पादन कार्यमा कर्मचारीले महत्त्वपूर्ण योदान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

मन्त्री चौधरीले कामको माध्यमबाट जनतालाई सहज र सरलरूपमा सेवा प्रदान गर्नु कर्मचारीको मुख्य दायित्व भएको बताइन् । उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले मुलुकमा केही राजनीतिक अस्थिरता भएमा काममा अवरोध नगर्न आग्रह गरिन् ।मन्त्री चौधरीले कर्मचारी सेवा सुविधा, हकहित, नीति, ऐन र मागका मुद्दा पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

अधिवेशन आयोजक समितिका संयोजक तोयाराम दाहाल, युनियनका केन्द्रीय अधिवेशन संयोजक रामकुमार थेवे, प्रदेश कार्यालयका निर्देशक उमेशकुमार झा, पेशागत सङ्गठनका प्रदेश अध्यक्ष देवराज कार्की, आरती साह, लक्ष्मी गौतम, दण्डिराज थापा र सविन दाहालले जीवन बीमा र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न युनियन लागि पर्ने धारणा राखे।अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता छ । रासस

salt training

कमेन्ट गर्नुहोस्