१० साउन २०८३, आइतबार
राष्ट्रपति चुनाव

रामचन्द्र पौडेल नै राष्ट्रपति उम्मेदवार बन्ने देउवाको सचिवालयको पुष्टि

फागुन १३, २०७९
रामचन्द्र पौडेल नै राष्ट्रपति उम्मेदवार बन्ने देउवाको सचिवालयको पुष्टि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले पार्टीबाट राष्ट्रपतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल बन्ने पुष्टि गरेको छ ।

सभापति देउवा राष्ट्रपति उम्मेदवार नबन्ने सचिवालयले पुष्टि गरेको छ ।

देउवाको सचिवालय स्रोतले भन्यो, ‘सभापति राष्ट्रपतिको दाबेदार हुनुहुन्न । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मुख्य दाबेदार हुनुहुन्छ । यी २ मध्ये पौडेल नै राष्ट्रपतिको उम्मेदवार बन्नुहुन्छ ।’

बिहान साढे ८ बजे बस्ने कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे औपचारिक निर्णय लिनेछ । 

शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्