२३ जेठ २०८३, शनिबार

राष्ट्रपतिको उम्मेदवारी दर्तापछि ओलीले भने– नेम्वाङको नाम पुस १० गते नै टुंगो लागेको थियो

फागुन १३, २०७९
राष्ट्रपतिको उम्मेदवारी दर्तापछि ओलीले भने– नेम्वाङको नाम पुस १० गते नै टुंगो लागेको थियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सुवास नेम्वाङको नाम पुस १० गते नै टुंगो लागेको दाबी गरेका छन् ।

उनले पुस १० गतेको सहमतिका पक्षधरहरूले नेम्वाङलाई भोट दिने विश्वास गरे ।

शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले आफूहरूको उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र मात्र नभई स्वागतको विषय बनेको बताएका हुन् ।

‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुंगो लागेको थियो । डिस्क्लोज नगरेको मात्र हो’, ओलीले भने, ‘विगतका प्रतिबद्धता र आफ्ना बचनबद्धताबाट कोही पनि पछि हट्ने काम हुँदैन । कुनै चिजको एक सर्कल पूरा नगरी केही हन्छ भन्ने हल्ला हो ।’

अत्यन्तै अनुभवी, कानुनका वेत्ता र लामो समय सभामुखको पदमा बसेका सफल राजनीतिज्ञ नेम्वाङलाई उम्मेदवार बनाइएको र जित्ने विश्वास लिएको ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्