२२ जेठ २०८३, शुक्रबार

आठदलीय गठबन्धनभित्र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै सहमति भएको छैन- ओली

फागुन १३, २०७९
आठदलीय गठबन्धनभित्र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै सहमति भएको छैन- ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नबनेको दाबी गरेका छन्। 

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ ​सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने पनि बताए। 

नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए।

अध्यक्ष ओलीले भने, ‘गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो । उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ । कुराकानी भइराखेको छ । हामीलाई पनि बोलाइएको थियो । गएका हौं । र, कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नुभयो । कसरी भन्नुभयो त्यो उहाँको कुरा हो । अरूको त्यस्तो कुरा केही छैन ।'

सत्तारुढ गठबन्धन नबिग्रेको पनि उनले बताए। 

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउन सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताए। 

salt training

कमेन्ट गर्नुहोस्