१० असार २०८३, बुधबार

कटुवा पेस्तोलसहित जनकपुरबाट एक पक्राउ

फागुन १४, २०७९
कटुवा पेस्तोलसहित जनकपुरबाट एक पक्राउ

जनकपुर उपमहानगरपालिका–१७ तेतरिया बजारबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई शनिबार पक्राउ गरेको छ । 

हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीहरुले उनलाई सो हतियारसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्