२५ जेठ २०८३, सोमबार

करेन्ट लागेर माझीको मृत्यु

फागुन १४, २०७९
करेन्ट लागेर माझीको मृत्यु

सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्ने काभ्रे चौरीदेउराली गाउँपालिका –४ घर भएकी २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । 

काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्