२८ असार २०८३, आइतबार

सत्ताकेन्द्रित फोहरी खेलले जनता विरक्तिए- कमल थापा

फागुन १४, २०७९
सत्ताकेन्द्रित फोहरी खेलले जनता विरक्तिए- कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।

'चुनावअघि एउटा गठबन्धन, पछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ?' उनले प्रश्न गरे। 

काठमाडौंमा आज पार्टीसम्बद्ध भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिएका बताए। 

थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरूप्रति नै घृणा उत्पन्न भएको समेत बताए। 

राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भइरहेको भन्दै उनले सन्तोष व्यक्त गरे। 

थापाले जनता र संगठन केन्द्रित हुन भ्रातृ संगठनका पदाधिकारीलाई आग्रहसमेत गरे।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनगवर्गीय संगठनको क्रियाशीलता र भावी कार्यक्रमबारे बोलेका थिए ।

भ्रातृ संगठनका अध्यक्षहरूले आफ्नो आफ्नो संगठनका कार्ययोजना प्रस्तुत गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्