०३ साउन २०८३, आइतबार
समीकरण फेरबदलपछिको असन्तुष्टि

प्रचण्डप्रति ओलीको आक्रोश– मसँग छक्याउने भाषा बोल्नुभयो, हातमा चक्कु राखेर फूल भन्नुभयो

फागुन १४, २०७९
प्रचण्डप्रति ओलीको आक्रोश– मसँग छक्याउने भाषा बोल्नुभयो, हातमा चक्कु राखेर फूल भन्नुभयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर धोका दिएको आरोप लगाएका छन् ।

हातमा चक्कु लिएर फूल लिएको अभिनय गरेको उनले टिप्पणी गरे । 

घाइते तथा शहीद परिवारको सम्मानमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डले जसले प्रधानमन्त्री बनायो उसैलाई गम्भीर धोका दिएको बताएका हुन् । 

‘देशमा लोकतान्त्रिक  र देशभक्त सरकार बनाऔं, स्वच्छता र पारदर्शिताका साथ काम गरौं, जनताका समस्या समाधान गर्नेगरी, देशको समस्या समाधान गर्नेगरी अगाडि बढौं भन्ने प्रयास गरियो,’ ओलीले भने, ‘तर पुष्पकमल दाहालजीको बेग्लै छ, बोल्नहुन्छ एउटा, गर्नुहुन्छ अर्कै । हेर्नुहुन्छ देब्रेपट्टि, निशाना दाहिनेपट्टि ।’

प्रचण्डले अस्तिसम्म आफूसँग छक्याउने भाषा बोलेको आरोप ओलीले लगाए । ‘अस्तिको दिनसम्म मसँग छक्याउने भाषा बोल्नुभयो । तर, पुष्पकमलजीलाई मैले नचिनेको होइन, हातमा चक्कु लिएर बस्नु भएको थियो, फूल लिएको भन्नुभयो । चक्कुजस्तो देखिएको होला, तर यो फूल हो भन्नुभयो,’ ओलीले भने । 

ओलीले जनयुद्धका सहयोद्धालाई धोका दिनेले आफूलाई धोका दिनु अस्वाभाविक नभएको टिप्पणी गरे ।

‘मेरो आँखाले धोका खाएको थिएन, उहाँ ढाँट्न छक्याउन अप्ठ्यारो मान्नुहुन्न । जनतालाई, सहयोद्धालाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’ ओलीले भने । 

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरेपछि ओली आक्रोशित बनेका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्