रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा नेटोका सदस्यहरूले हतियार दिएर स्वयं सहभागी बनेको आरोप लगाएका छन् ।
‘उनीहरू युक्रेनलाई दशौं अर्ब डलर बराबरका हतियारहरू दिइरहेका छन््,’ पुटिनले रोसिया–१ च्यानलसँग कुराकानी गर्दै बताए, ‘त्यो युद्धमा सहभागिता नै हो ।’
‘युक्रेन सरकारले गरेको अपराधमा यसरी उनीहरू अप्रत्यक्ष रूपमा सहभागी भएका छन्,’ पुटिनले बताए ।
पश्चिमी मुलुकहरूले रुसलाई टुक्य्राउने लक्ष्यका साथ काम गरिरहेको पनि उनले बताए ।
‘उनीहरूले हामीलाई कथित सभ्य व्यक्तिहरूको परिवारमा स्वीकार गर्न सक्छन् तर देश टुक्राटुक्रा पारेपछि मात्र,’ उनले बताए ।
उक्त अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्व बन्नुपर्ने बताए अनि त्यस्तो विश्व पक्का बन्ने विश्वास पनि गरे ।