०४ असार २०८३, बिहीबार

पल शाहलाई सफाइ, एक वर्षपछि पक्राउ परेकै दिन रिहा हुँदै

फागुन १४, २०७९
पल शाहलाई सफाइ, एक वर्षपछि पक्राउ परेकै दिन रिहा हुँदै

उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। 

आज अदालतले सफाए दिएसँगै उनी भोलि रिहा हुनेछन्। उनी पक्राउ परेकै दिन एक वर्षपछि रिहा हुँदैछन्। 

आइतबार कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो। 

उच्च अदालत पोखराका वैतनिक वकील विष्णुप्रसाद लम्सालका अनुसार शाहले सम्पूर्ण अभियोगबाट सफाइ पाएका छन्। अदालतले सफाइ दिएपछि अब उनी छुट्नेछन्। 

यसअघि शाहलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो । उनीविरुद्ध त्यहाँ पनि बलात्कारकै मुद्दा दर्ता भएको थियो। तर, बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए। उक्त अदालतको फैसला अनुसार शाह कारागारमा छन्।

त्यसै गरी शाहलाई लागेको बलात्कार अभियोगको मुद्दामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्