१० असार २०८३, बुधबार

वर्षासँगै आएको हावाहुरीले देशैभरको विद्युत् सेवा अवरुद्ध

फागुन १४, २०७९
वर्षासँगै आएको हावाहुरीले देशैभरको विद्युत् सेवा अवरुद्ध

आइतबार वर्षासँगै आएको चट्याङ र हावाहुरीका कारण देशैभरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएको छ। 

हावाहुरीले​ बिजुलीका तार चुडाएको, लाइन जुधेका कारण र पोलमा क्षति भएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। 

कतिपय स्थानमा अपराह्नदेखि अवरुद्ध भएको विद्युत् सेवा अझै सुचारु गराउन नसकिएको उनले बताए। 

उनका अनुसार देशभर समस्या भएकाले विद्युत् सेवा सुचारु गर्न प्रयास भइरहेको छ ।

'कतिपय स्थानमा आधा एक घण्टामै सुचारु भएको छ, भने कतिपय स्थानमा सुचारुको प्रयास जारी छ,' भट्टराईले भने।

काठमाडौं उपत्यकाका पनि अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। जसका कारण सेवाग्राही मर्कामा परेका छन्। 

उपत्यकाका केही स्थानमा भने समस्या समाधान भइसकेको उनले जानकारी दिए।

आइतबार ५ महिनापछि काठमाडौं उपत्यकासहित पहाडी भेगमा हावाहुरीसहित वर्षा भएको छ। पाँच महिनापछि भएको वर्षा प्रिमनसुनको संकेत भएको मौसमविद्हरूले बताएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्