०४ साउन २०८३, सोमबार

बालुवाटारको ८ दलीय बैठकमा ऋषि धमलापत्नी एलिजा गौतमको 'इन्ट्री'

फागुन १४, २०७९
बालुवाटारको ८ दलीय बैठकमा ऋषि धमलापत्नी एलिजा गौतमको 'इन्ट्री'

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय गठबन्धनको बैठकमा पत्रकार ऋषि धमलापत्नी एलिजा गौतम पनि सहभागी भएकी छन्। 

भर्खरै नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनी पार्टी सदस्यको हैसियतमा बैठकमा सहभागी भएकी हुन्। उनीसँग उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी छिन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का उपस्थिति छन्।

त्यस्तै  भने माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायत नेताहरू छन् ।

यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्। 

salt training

कमेन्ट गर्नुहोस्